बी डिभिजन लिगः मध्यपुर र ब्वाईज युनियनको बराबरी

डिसी नेपाल
२५ फागुन २०७६ १८:५०

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसन र ब्वाईज युनियन क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मध्यपुर र ब्वाईजले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै मध्यपुरले लिगमा पहिलो अंक जोडेको छ । मध्यपुर अघिल्लो तीन खेलमा पराजित भएको थियो । लिगको पुछारको मध्यपुरको ४ खेलमा १ अंक रहेको छ ।

ब्वाईजको यो पहिलो बराबरी हो । बराबरीसँगै ब्वाईज ४ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *