एभर्टनमाथि चेल्सीको शानदार जित

डिसी नेपाल
२५ फागुन २०७६ २१:४६

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ । आइतबार भएको खेलमा चेल्सीले एभर्टनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जेरुडले एक एक गोल गरे । घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले १४ औं मिनेटमा माउन्टको गोलबाट अग्रता बनाएको थियो । २१ औं मिनेटमा पेड्रोले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो ।

खेलको ५१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५४ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।

एभर्टनविरुद्धको खेलमा चेल्सीका १८ वर्षे मिडफिल्डर टिनो अन्जोरिनले प्रिमियर लिगमा डेब्यु गरे । खेलको ७१ औं मिनेटमा उनी विलियनको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै चेल्सीले २९ खेलबाट ४८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । ३७ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *