अमेरिकाको न्यू ह्याम्प्सरमा नेपाली फिल्म प्रदर्शन
वासिङ्टन डिसी । जनजाती महासंघ नेपाल इन अमेरिका (फिपना) ले अमेरिकाको न्यू ह्याम्प्सरमा नेपाली फिल्म प्रदर्शन गरेको छ।
न्यु इंग्ल्याण्ड लोकल च्याप्टरले न्यू ह्याम्प्सर हुक्सेट स्थित हुक्सेट लाइब्रेरीमा हालै किरात राईहरुको संस्कृती र परम्परामा आधारीत फिल्म ‘रिसिम’ प्रदर्शन गरेको हो ।
विभिन्न जात जाती हरुको भाषा संस्कार संस्कृतीलाई विदेशमा बस्ने नेपाली र स्थानीयहरु बीच उजागर गर्ने, फिल्मको प्रोमोसन र फण्ड संकलन गर्ने उदेश्यले फिपनाले वर्षेनी यस्तो प्रदर्शनी गर्दै आईरहेको फिपना लोकल च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले बताए ।
उनले जनजाती महासंघ नेपाल (नेफिन) ले नेपालमा छनौट गरेको जनजातीको संस्कृती झल्कने फिल्महरुलाई अमेरिकामा देखाउँदै आएको बताए ।
संस्थाका महासचिव विकाश गुरुङले गत साल नेपाली र अंग्रेजी सब टाइटल भएको गुरुङ भाषाको फिल्म (क्यु प्य्हो छे) ‘भेडी गोठालो’ देखाइएको र यस पटक राई समुदायको संस्कृतीलाई प्रतिनिधित्व गर्ने अंग्रेजी सब टाइटल भएको रिसिम फिल्म छनौटमा परेको बताए ।
यो कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने कुरा बताए । युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड लोकल च्याप्टरका सभापति मुक्ति नारायण राई र न्युयोर्क निवासी लीला राईको विशेष पहलमा उक्त फिल्मको ब्याबस्थापन गरिएको थियो ।
फिपना न्यु इंग्ल्याण्ड लोकल च्याप्टरले कार्यक्रममा उपस्थितहरुलाई विशेष धन्यवाद ज्ञापन गरेको छ । निर्देशक सरिना गुरुङ र प्रोड्युसर टिका बाहादुर, गोल्डेन राई र उर्मिला राई भएको दिल कुमारी राईको ‘रिसिम’ निकै पुरानो फिल्म भएता पनि किराँत राई परम्परा र संस्कृतीलाई जोडदार रुपमा प्रस्तुति गरिएको छ।
उक्त फिल्म प्रदर्शन कार्यक्रममा एनआरएन अमेरीकाका पुर्व अध्यक्ष शिव कुमार राई, न्यू ह्याम्प्सर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, फिपना न्यू ह्याम्प्सरका पुर्व सभापति लोक लामा गोले, लगाएतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
Facebook Comment