नेपालसहित १४ देशका यात्रुलाई कतारमा प्रतिबन्ध !

डिसी नेपाल
२६ फागुन २०७६ ८:२५

दोहा । पछिल्लो समय विश्वभर कोरोनाका संक्रमण बढेसँगै खाडी मुलुक कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामकालागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले प्रतिबन्ध लगाएको  गल्फ टाइम्सले जनाएको छ ।

कतार सरकारले आइतबार एक सुचना जारी गर्दै नेपालसहित १४ देशहरु चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।

कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहानसम्म कतारमा ३ जना आप्रवासी कामदारसहित १५ जना संक्रमित भएका छन् ।

कतारमा हाल सरकारी तथ्याङ्क अनुसार हाल कतारमा करिब ४ लाख मानिसले रोजगारी गदै आएका छन् ।

चीनबाट सुरु भई विश्वका १०३ देशमा फैलिएको कोरोना भाइरसबाट सोमबार बिहानसम्म ३ हजार ८ सय २८ जनाको ज्यान गइसकेको छ।

यस भाइरसबाट हालसम्म विश्वभर एक लाख १० हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *