रोमान्ञ्चक खेलमा श्रीलंका बिजयी, नेथनको ९६ रनको उत्कृष्ट पारी

काठमाडौं। ब्याटिङमा र बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै श्रीलंका लीजेंड्सले सेफ्टी विश्व सीरीज टी २० प्रतियोगिताको लिग खेलमा आईतबार ऑस्ट्रेलिया लीजेंड्स लाई सात रनले पराजित गरेको छ। ऑस्ट्रेलिया लीजेंड्सको तर्फबाट ब्रेड होजले १८, जेवियर डोहर्टीले २८ र जेसन क्रेजाले ३७ रन खर्चेर दुई दुई विकेट लिएका थिए।
लक्ष्य पछयाउँदै मैदानमा आएको ऑस्ट्रेलिया लीजेंड्सले खराब सुरुवात गर्दै ३१ रनमा ६ विकेट गुमायो। नाथन रियरडनले ५३ बलमा ९ चौका र ५ छक्काको मद्दतले ९६ रन बनाए पनी ऑस्ट्रेलिया लीजेंड्स १९.५ ओभरमा १५४ रनमा अलआउट भयो । श्रीलंकाको तर्फबाट कप्तान तिलकरत्ने दिलशानले ३५ रन दिएर ३, रंगना हेराथ र फरवेज महारूफले दुई दुई विकेट लिए।
टस जितेर ब्याटिङ गरेको श्रीलंका लेजेंड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । श्रीलंकाको लागी रोमश कालूवितर्णाले सबैभन्दा बढी ३० रन बनाए भने चमारा कापूगेदाराले २८ रन बनाएका थिए ।
श्रीलंकाका कप्तान तिलकरत्ने दिलशान १८ र रोमेश कालूवितर्णाले ३० रन बनाउदै गतिलो सुरुवात गरेका थिए । दुबै बयाटस्म्यानले ३.४ ओभरमा ३४ रन बनाउदा दिलशान आउट भएका थिए उनले १४ बलको पारीमा ४ चौका प्रहार गरेका थिए ।
दिलशानको विकेट जेवियर डोर्थीले लिएका थिए । दिलशानको स्थानमा आएका मार्वन अट्टापट्टूले आक्रमक ब्याटिङ गर्न खोजेपनी १४ रन बनाएर आउट भए । अट्टापट्टू टिमको स्कोर ५१ रन हुँदा जेवियर डोर्थीको बलमा बोल्ड भएका थिए ।
त्यसपछि कालुलाई साथ दिन चमारा कापूदेगारा आएका थिए । दुबैजाना सम्हालिएर ब्याटिङ गर्दै टिमको स्कोर १०० रन नजिक पुगाए । टिमको स्कोर ९८ रन पुग्दा कालु २८ रनको ब्यक्तिगत स्कोरमा मार्क कोसग्रोवको बलमा आउट भए उनले २६ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए ।
टिमको स्कोरमा दुई रन जोडिने बिक्तिकै कापूगेदारा पनी आउट भए उनलाई टिमको स्कोर १०० रन पुग्दा जेसन क्राजाले आउट गरेका थिए । कापूगेदाराले १८ बलको सामना गर्दै ३ चौका र एक छक्का प्रहार गरेका थिए ।
त्यसपछि ब्याटिङमा आएका उपुल चंदाना टिमको स्कोर १०५ हुदा ५ रनको ब्यक्तिगत स्कोरमा आउट भए । सचित्रा सेनानायकेले १३ र अजंता मेंडिसले १७ रन बनाउदै टिमलाई बलियो स्थिीतिमा पुर्याए ।
सेनानायकेले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे भने मेंडिसले १८ बलमा २ चौका प्रहार गरेका थिए । फरवेज महरूफ २० बनाउदै अविजित रहे । ऑस्ट्रेलियाको लागी डोर्थी, क्रेजा र ब्रैड हॉजले दुई दुई विकेट लिएका थिए ।
Facebook Comment