बसन्तपुरमा होलीको रौनक (फोटोफिचर)

काठमाडौं । आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ ।
उपत्यका लगायत देशभरी नै उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्ष भने कोरोना भाइरसका कारण केही शान्त देखिएको छ । सरकारले भिडभाड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको उल्लास खासै देखिएको छैन् ।
यद्यपी बसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरुको भिड रहेको छ । सर्वसाधारणहरु एक अर्कासँग रंग लगाउँदै रमाइरहेका छन् । कतै संगितको धुनमा रंगसँग खेल्दै होली मनाइरहेका छन् । यस्तै दृश्य हामीले क्यामेरामा उतार्ने प्रयास गरेका छौं ।
प्रतिक्रिया
Facebook Comment