महिला टी–२० विश्वकप ‘टिम अफ दि टुर्नामेन्ट’: अस्ट्रेलियाको वर्चस्व

डिसी नेपाल
२६ फागुन २०७६ १६:२०

एजेन्सी । अष्ट्रेलियामा सम्पन्न आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार अष्ट्रेलियाकी मेघ लानिङको कप्तानीमा टिम अफ दि टुर्नामेन्ट सार्वजनिक गरेको हो ।

टिममा सर्वाधिक धेरै खेलाडी च्याम्पियन टिम अष्ट्रेलियाका परेका छन् । अष्ट्रेलियाबाट पाँच खेलाडी अटाएका छन् । अष्ट्रेलियाका एलिसा हेली, बेथ मुनी, मेघ लानिङ, जेस जोनासेन र मेघन स्कट रहेकी छिन्।

इंग्ल्यान्डबाट नाट सेभर, हेथर नाइट, सोफी र अन्या श्रुब्सोल गरि चार खेलाडी अटाएका छन् । यस्तै दक्षिण अफ्रिकाबाट लौरा वोल्वार्दट र भारतबाट पुनम यादव टिममा परेकी छिन् । टिमको १२ औं खेलाडीको रुपमा भारतकी शेफाली वर्मा परेकी छिन् ।

मेलबर्नमा आइतबार भएको फाइनलमा भारतलाई ८५ रनले हराएर अष्ट्रेलियाले उपाधि जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *