भैरवामा बजार अनुगमन

डिसी नेपाल
२६ फागुन २०७६ २१:३९

भैरवा। जिल्लाको तिलोत्तमा नगरपालिकाले कालाबजारी हुन सक्ने भन्दै आज बजार अनुगमन गरेको छ । नगरप्रमुख वासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको हो ।

कोरोना भाइरसका कारण बजारमा देखिन सक्ने समस्या समेतलाई दृष्टिगत गरी बजार अनुगमन गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसल लगायतमा अनुगमन गरेको नगरप्रमुख घिमिरेले जानकारी दिए।
तिलोत्तमा क्षेत्रमा केन्द्रित अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु नष्ट गराउनाका साथै सरसफाइमा विशेष ध्यान पु¥याउन होटल तथा रेष्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा पसलमा राखिएका पोलिथिनका झोला, गिलास, प्लेट, बरामद गरिनाका साथै म्याद गुज्रिएका खाद्य वस्तुसमेत बरामद गरी नष्ट तथा जफत गरेको अनुगमन टोलीले जनाएको छ । रासस

टोलीले आफ्नो पसल, उद्योग परिसर र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको उपप्रमुख चौधरीले बताउनुभयो । टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता गरेरमात्र व्यवसाय गर्न अनुरोधसमेत गरेको नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *