आज अमेरिकी डलरसहित धेरै देशको भाउ बढ्यो
काठमाडौं । आज फागुन २७ गते मंगलबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर आकासिएको छ । मलेसियन रिँगिटको दर भने घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ८४ पैसा रहेको छ। १ सोमबार डलरको भाउ १ सय १७ रुपैयाँ ६८ पैसा रहेको थियो ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३५ रुपैयाँ तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५४ रुपैयाँ ५५ पैसा र बिक्रिदर १ सय ५५ पैयाँ ३४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ८९ रुपैयाँ ५९ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ३ सय १५ रुपैयाँ ५३ पैसा रहेको छ।
Facebook Comment