पहिलो टि २० मा बङगलादेश ४८ रनले बिजयी

डिसी नेपाल
२७ फागुन २०७६ ११:२२

ढाका । बङलादेशको ढाकामा भएको पहिलो टि-२० क्रिकेटमा बङलादेशले जिम्बाबेलाई ४८ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै बङलादेशले निर्धारित २० ओभरमा २०० रन बनाउदै जिम्बाबेलाई बिशाल रनको लक्ष्य दिएको थियो । जवाफी लक्ष्य लिएर मैदानमा आएको पाहुना टोली १९ ओभर मात्रै खेल्दै आफ्नो सबै विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको बङलादेशको सुरुवात राम्रो रहयो । बङलादेशका ओपनर ब्याटस्म्यान लिटन दाश र तमिम ईकवालले पहिलो विकेटको लागि ९२ रनको साझेदारी गरेका थिए । ईकवालले ३३ बलमा ४१ र दाशले ३९ बलमा ५९ रनको पारी खेलेका थिए । तेस्रो विकेटको रुपमा ब्याटिङ गर्न आएका सौम्य सरकारले आक्रमक ब्याटिङ गर्दै ३२ बलमा ४ चौका र ५ छक्काको मद्दतले अबिजित ६२ रन बनाउदै टिमको स्कोर २०० रनमा पुर्‍याए ।

लक्ष्य पछर्‍याउदै मैदानमा आएको जिम्बाबे टोलीको सुरुवात खराब रहयो । जिम्बाबेका ब्रेंडन टेलर मात्र १ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका क्रैग एरविन र वेस्ले मधेवेरे पनि क्रमशः ८ र ४ रन बनाएर आउट भएका थिए । जिम्बाबेको लागी कामुंनहुकुम्वेले सबैभन्दा बढी २८ रनको पारी खेलेका थिए ।

त्यसपछि कार्ल मुम्बाले सर्बाधिक २५ रन बनाएका थिए । पुरै जिम्बाबे टोली १९ ओभरमा १५२ रन बनाउदै अल आउट भएको थियो । बङलादेशका लागी मुस्ताफिजुर रहमान र अमिनुल इस्लामले सर्बाधिक तिन तिन विकेट लिएका थिए । यो जितसंगै घरेलु टोली २ खेलको सिरीजमा १-० ले अगाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *