सिरी ए का सबै खेल अनिश्चितकालको लागि स्थगित

डिसी नेपाल
२७ फागुन २०७६ ११:५९

काठमाडौँ । इटालीको सिरी ए अनिश्चितकालको लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सिरी ए का सबै खेल स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो अपडेट अनुसार इटालीमा कोरोनाका कारण ४६३ जनाको मृत्यु भएपछि सरकारले देशभर संकटकाल घोषणा गर्दै सबै खेल गतिबिधि स्थगित गरेको हो ।

इटालीमा पहिल्संम ९ हजार १७२ जना कोरोनाको संक्रमणमा परेका छन् । यस अघि उत्तरी इटाली पूर्ण रुपमा बन्द गरिएकोमा अब इटाली सरकारले पुरै देश बन्द गर्ने घोषणा गरेको हो ।

यस अघि केहि सिरी ए का खेल बिना दर्शक खेलाइएको भएपनि अब थप सावधानी अपनाउन भन्दै बाँकि खेल खेल्न सम्भव नभएको बताइएको छ ।

इटालीका प्रधानमन्त्रीले अब थप समय नभएको भन्दै सार्वजनिक ठाउमा जम्मा नहुन, खेलकुद, सार्वजनिक कार्यक्रम, सिनेमा, जीम, उत्सवहरुमा भेला नहुन सबैलाई प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *