च्याम्पियन्स लिगको खेलमा पनि दर्शकलाइ प्रतिबन्ध, पिएसजी र डर्टमण्डको खेलमा दर्शक नहुने

डिसी नेपाल
२७ फागुन २०७६ १३:१९

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत फ्रेन्च क्लब पिएसजी अन्तिम १६ को डर्टमण्डविरुद्धको दोस्रो लिगमा दर्शक बिना नै खेल्ने भएको छ ।

आगामी बुधबार राति पिएसजीको घरेलु मैदानमा हुने सो खेल कोरोना भाइरसको संक्रमणका कारण दर्शक बिना नै गर्न फ्रेन्च सरकारले निर्देशन दिएको मिडिया रिपोर्टमा जनाइएको छ ।

जर्मनमा एक हजार भन्दा बढी कोरोनाबाट संक्रमित भएको र फ्रान्समा समेत कोरोनाको संक्रमण बढिरहेकाले सावधानी अपनाउन सो खेलमा दर्शकलाई मैदानमा प्रवेश नदिईने भएको बताइएको छ ।

पिएसजीको यस अघिको लिग वानको स्ट्रासबर्गविरुद्धको खेल कोरोनाकै कारण स्थगित भएको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा पिएसजी डोर्टमण्डसँग २-१ ले पछाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *