शेयर बजारमा कोरोना त्रास : डेढ घण्टा अघि बजार बन्द
काठमाडौं। कोरोना भाइरसका कारण आर्थिक मन्दी आउने त्रासका कारण नेपालको शेयर बजारमा पनि भारी गिरावट आएको छ। तीन पटक सर्किट ब्रेक लागेसँगै मंगलबार बजार डेढ घण्टा अघि नै बन्द भएको छ।
सेयर बजारमा १ बजेर १३ मिनेटमा नेपाल स्टक एक्चेन्जमा ६ प्रतिशतको गिरावट आएपछि बजार बन्द भएको हो। यस दिन लगातार ३ पटक नकारात्मक सर्किट लागेको छ।
मंगलबार बजार खुलेको एक घण्टा नवित्दै ११:५९ बजे ४ प्रतिशतको सर्किट लागेपछि सर्किट लाग्यो। त्यसपछि १२ः२० मा बजार खुलेकोमा १२ः३१ मिनेटमा ५ प्रतिशत घटेर पुनः सर्किट लाग्यो। त्यसपछि पुनः १ः१३ बजे बजार ६ प्रतिशतले घटेपछि आजको कारोबार बन्द भएको छ।
मंगलबार नेप्से परिसुचक ८६.३९ अंकले घटेर १३४९.३१ अंकमा झरेको छ। कोरोना भारइसको त्रासका कारण विश्वव्यापी रुपमा शेयर बजारमा गिरावट आइरहेको छ।
कोरोनाका कारण नेपालमा पर्यटनलगायतका उद्योगमा प्रभाव देखिन थालेको छ । यस्तै रेमिट्यान्स आप्रवाहमा पनि असर पर्ने देखिएको छ। जसका कारण नपालमा पनि आर्थिक मन्दी आउने अनुमानसँग लगानीकर्तामा त्रास देखिएको छ।
Facebook Comment