काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगितामा न्यु भिजन क्लब बिजयी

डिसी नेपाल
२७ फागुन २०७६ १६:१२

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा न्यु भिजन क्लब २ विकेटले बिजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा नेक्सस क्रिकेट एकेडमी र न्यु भिजन क्लब बिच आज भएको खेलमा नेक्ससले टस जितेर ब्याटिङ गर्दै निर्धारित २५ ओभरको खेलमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो ।

नेक्ससका लागी सम्भव श्रेष्ठ ३७, सुचन बराल १८, उक्तम थापा मगर १७ र राज बिर तामाङले १२ रन बनाउनु बाहेक अन्य खेलाडी हरुले दोहरो अंक छुन सकेनन । नेक्सस लाई कम स्कोरमा रोक्न न्यु भिजनका बलर चन्दा रावल ३, राम चौधरी २, बिपिन शर्मा, अनित बराल, शमशेर चन्द र राजिन ज्यानाले समान एक एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आएको न्यु भिजनले १९.२ ओभर खेल्दै ८ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो । न्यु भिजनलाई जिताउने क्रममा लक्ष्मण चौधरी २४, शमशेर चन्द र बिबेक चन्दले समान १५ रन, अनित बराल १२ र राम चौधरीले १० रन बनाएका थिए । नेक्ससका लागी रोबिन क्षेत्री २, आरोग्य भटराई, सम्भव श्रेष्ठ, आदित्य सुबेदी, सुचन बराल र रोम बास्तोलाले समान एक एक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच न्यु भिजनका शमशेर चन्द भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *