फराकिलो जितसहित आर्मी सेमिफाइनलमा

डिसी नेपाल
२७ फागुन २०७६ १७:३५

पोखरा । साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्यो ।

खेलको ७० औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा विवेकले गोल गर्दै आर्मीलाई ३–० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग चुनिए । यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । अर्को सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुनेछ । थ्री स्टार र पुलिसबीचको खेल बुधबार हुनेछ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *