बाँसबारीद्वारा आरसिटी पराजित

डिसी नेपाल
२७ फागुन २०७६ १८:२०

काठमाडौं । बाँसबारी क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै बाँसबारी दोस्रो स्थानमा उक्लिएको हो ।

लिगमा लगातार चौंथो जित निकाल्ने क्रममा बाँसबारीका लागि अमृत गुरुङ र सजिन थापा मगरले एक एक गोल गरे । आरसिटीका लागि सिशस थापाले सान्त्वना गोल फर्काए । खेलम सुरुवाती अग्रता भने आरसिटीले बनाएको थियो । खेलको २४ औं मिनेटमा मिनेटमा सिशसले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बाँसबारीले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ५१ औं अमृतले डिबक्स भित्रबाट गोल गर्दै बाँसबारीलाई खेलमा फर्काए । त्यसपछि खेलको ७६ औं मिनेटमा सजिनले डिबक्स भित्रबाट २ डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गरेर बाँसबारीलाई २-१ को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा सुरेश कुमालले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि बाँसबारी १० खेलाडीमा समेटिएको थियो । जितसँगै बाँसबारीले ४ खेलमा ११ अंक जोडेको छ । आरसिटीले ४ खेलमा २ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *