कोरोना भाइरसः अमेरिकामा एकै दिन ४ जनाको मृत्यु, १ हजारबढी संक्रमित

काठमाडौँ । मंगलबार मात्रै अमेरिकामा कोरोनाको संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।
यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ३ सय ५ जना नयाँ संक्रमित फेला परेसँगै जम्मा संक्रमित हुनेको संख्या १ हजार ९ (१००९) पुगेको छ ।
बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ९५ पुगेको छ।
११९ देशमा कोरोनाको संक्रमण फैलिँदा विश्वभर १ करोड १९ लाख एक सय ७७ (१,१९,१७७) जना संक्रमित भएका छन्।
जसमा मंगलबार मात्रै ४ हजार ७ सय ९६ जना संक्रमित भएका थिए ।
प्रतिक्रिया
Facebook Comment