विप्लवमाथि प्रतिवन्धको एक वर्ष : दश जनाले ज्यान गुमाए

डिसी नेपाल
२८ फागुन २०७६ ११:११

काठमाडौं। विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई सरकारले प्रतिवन्ध लगाएको एक वर्ष पूरा भएको छ। ठिक एक वर्ष अगाडि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो। सरकारी प्रतिबन्धपछि विप्लव नेतृत्व नेकपाका एकपछि अर्को गर्दै ठूलो संख्यामा कार्यकर्ता पक्राउ परेका छन्।

सरकारी प्रतिवन्धनपछि भूमिगत राजनीति सुरु गरेको विप्लव नेतृत्वको नेकपाले विभिन्न ठाउँमा विस्फोटका घटना गराउने गरेको छ। बुधबार विहान पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटालेको निवासमा प्रेसर कुकर बम विस्फोट भयो। यद्यपी यो विस्फोटको हालसम्म कसैले पनि जिम्मा लिएको छैन।

सरकारी प्रतिवन्धपछि विप्लव नेतृत्वको नेकपा रक्षात्मक स्थितिमा पुगेको छ। यसका जिम्मेवार नेता पक्राउ परेका छन्। त्यतिमात्रै नभएर ठूलो संख्यामा कार्यकर्ता पलायत भएका छन् भने धेरैले पार्टी परित्याग गरेका छन्।

हालसम्म विप्लव नेतृत्वको नेकपाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली, मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द, भरत बम, उमा भुजेल, बन्धु चन्द, वसन्त श्रेष्ठ, माइला लामा, नवीन विक, केशबहादुर बाँठालगायत पक्राउ परिसकेका छन्।

हालसम्म प्रहरीतर्फ १ र विप्लवतर्फ ९ गरी १० जनाले ज्यान गुमाएका छन्। कुमार पौडेल, नीरकुमार राई, तीर्थ घिमिरे, गोकुल राना ‘महान’, दीपेन्द्र, निरन्तर, प्रज्वल शाही, रामकुमार श्रेष्ठ, रामबहादुर सिंह र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको हो।

प्रहरीका अनुसार १४ सय ९१ जना पक्राउ परेका छन्। प्रहरीले १४ सय १२ जनाविरुद्ध मुद्दा चलायो। ११ सय ९४ जना अदालतबाट छुटे। १ सय ३३ जना पुर्पक्षका लागि थुनामा छन्। ८४ जना प्रहरीको अनुसन्धानकै क्रममा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *