एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, भलेन्सिया बाहिरियो

काठमाडौँ । इटालियन क्लब एटलान्टा स्पेनिस क्लब भलेन्सियालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लिगमा एटलान्टाले भलेन्सियालाई ४-३ गोल अन्तरले पराजित गर्दै समग्रमा ८-४ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एटलान्टाको जितमा जोसिप इलिकिकले चारै गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि केभिन गामेरियोले दुई गोल गरे भने फेरान टोरेजले एक गोल गरेका थिए ।
एटलान्टाका जोसिप च्याम्पियन्स लिगको इतिहासमा नकआउट स्टेजमा एकै खेलमा चार गोल गर्ने चौथो खेलाडी बनेका छन् । यस अघि लियोनेल मेसीले सन २००९/१० तथा २०११/१२ सिजनमा, मारियो गोमेजले २०११/१२ सिजनमा र रोबेर्टो लावानडोस्कीले २०१२/१३ सिजनमा एकै खेलमा चार गोल गरेका थिए । योसँगै एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
Facebook Comment