अघिल्लो सिजन फाइनल खेलेको टोटनह्याम च्याम्पियन्स लिगको राउण्ड अफ १६ बाटै बाहिरियो

डिसी नेपाल
२८ फागुन २०७६ ११:३६

काठमाडौँ । प्रिमियर लिग क्लब टोटनह्याम च्याम्पियन्स लिगबाट बाहिरिएको छ । च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लिगमा जर्मनी क्लब आरबि लेइपजिंगसँग ३-० ले पराजित भएसँगै समग्रमा ४-० ले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

आरबि लेइपजिंगको जितमा मार्सल साबिटजेरले दुई गोल गरे भने एमिल फोर्सबर्गले एक गोल गरेका थिए । आफ्ना प्रमुख खेलाडी ह्यारी केन र सन हेंग मिन इन्जुरीका कारण बाहिर भएको मुल्य टोटनह्यामले चुकाएको देखिएको छ ।

टोटनह्यामका म्यानेजर जोसे मोरिन्हो यो हारसँगै उनको क्यारियरमा अहिलेसम्मकै धेरै ६ खेलमा जित निकाल्न असफल भएका छन् । टोटनह्याम पछिल्लो ६ खेलमा ४ खेल हारेको छ भने २ खेल बराबरी खेलेको छ । यो जितपछि आरबी लेइपजिंग च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *