रोड सेफ्टी सिरिजमा भारतीय लिजेण्डको लगातार दोस्रो जीत

डिसी नेपाल
२८ फागुन २०७६ १२:१४

काठमाडौँ । रोड सेफ्टी टी-२० सिरिज अन्तर्गत अहिले जारी रिटायर्ड क्रिकेटरहरुको सिरिजमा भारतले दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतीय लिजेण्ड टिमले श्रीलंकाको लिजेण्ड टिमलाई ५ विकेटले पराजित गरेको छ ।

श्रीलंकाले दिएको १३९ रनको लक्ष्य पछाएको भारतले १८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि इरफान पठानले सर्वाधिक ३१ बलमा ५७ रन बनाएका थिए । त्यस्तै मोहमद कैफले ४५ बलमा ४६ रन बनाए । संजय बांगरले १८ तथा मनप्रीत गोनीले ११ रन बनाएका थिए ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका विरेन्द्र सहवाग ३ रन बनाएर आउट भए भने सचिन तेन्दुलकर शुन्यमा चामिन्दा भासको बलमा आउट भएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाको लिजेण्ड टिमले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन बनाएको थियो ।

श्रीलंकाका लागि तिलकरत्ने दिलशान र चामारा कापुगेदराले २३-२३ रन बनाएका थिए भने रोमेश कालुविथारानाले २१ तथा सचिथारा सेनानायाकेले १९ रन बनाएका थिए । भारतीय बलर मुनाफ पटेलले ४ विकेट लिएका थिए । भारतीय खेलाडी इरफान पठान खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

यो जितसँगै भारतीय लिजेण्डको २ खेलमा ४ अंक भएको छ भने श्रीलंकाको २ खेलमा २ अंक रहेको छ । पाँच टिमले भाग लिएको यस सिरिजमा अस्ट्रेलिया लिजेण्ड र वेस्टइन्डिज लिजेण्ड टिमले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *