प्रिमियर लिगमा पनि कोरोनाको असर, म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित

काठमाडौँ । कोरोना संक्रमणको त्रासका कारण ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ ।
आर्सनलका स्टाफ कोरोना संक्रमित ओलाम्पियाकोसका मालिकसँग सम्पर्कमा आएको पाइएपछि आर्सनलले सिटीविरुद्ध खेल नखेल्ने भएको हो ।
आर्सनलले एक विज्ञप्ति जारी गर्दै आज राति हुने भनिएको सिटीविरुद्धको खेल अहिलेलाई स्थगित भएको जानकारी दिएको छ ।
कोरोनाको संक्रमणका काराण युरोपका कैयौ लिग प्रभावित भएका छन् । सिरी ए का सबै खेल अहिले स्थगित भएका छन् भने च्याम्पियन्स लिगका खेलहरु बिना दर्शक खेलिएका छन् ।
प्रतिक्रिया
Facebook Comment