कोरोनाभाइरसको त्रासले भर्खर जन्मेकी छोरीलाई सार्वजनिक शौचालयमा छाडेर आमा फरार
काठमाडौं। कोरोनाभाइरको त्रास यतिसम्म बढेको छ कि मानिसहरु जे पनि छाडेर भाग्न थालेका छन् । यहाँसम्म कि एक आमा आफूले जन्माएकी छोरीलाई समेत छाडेर भागिन् । चीनको एक सार्वजनिक शौचालयमा १० दिनकी एक बालिकालाई छाडेर आमा भागेकी छिन् । बालिकालाई एक बटुवाले देखेपछि पुलिसर प्रशासनलाई जानकारी दिए, त्यसपछि बालिकाको उद्धार गरिएको छ ।
चीनको सिचुआन प्रान्तको मियानयांग शहरमा झाओ नामका व्यक्ति सार्वजनिक शौचालय प्रयोग गर्न गएका थिए । उनले एक क्युबिकलभित्रबाट बालिका रोएको आवाज सुने । उनले नजिक गएर हेर्दा बालिका शौचालयको चिसो भुइँमा नाङगो अवस्थामा कठ्याङ्ग्रिएकी थिइन् । बालिका जोडजोडले रोइरहेकी थिइन् । यस्तो देखेपछि झाओले पुलिसलाई खबर गरेका थिए । तत्कालै पुलिस र स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेर बालिकाको उद्धार गरियो ।
बालिकालाई सुरुमा शहरको कोरोना क्वारेन्टाइन सेन्टर लगिएको थियो । पुलिसले कुनै कोरोना पीडित महिलाले बालिकालाई त्यहाँ छाडेको आशंका गरेको छ । बालिकाको कोरोना परीक्षण भइसकेको छ । अहिले बालिकामा संक्रमण देखिएको छैन, यदि देखिएका उनको पूरा उपचार हुने डाक्टरले बताएका छन् । अहिले बालिकाको डीएनए नमूना लिएर मातापिताको खोजी भइरहेको छ । चीनमा एक भन्दा धेरै बच्चा जन्माउन नपाइने नियम भएकोले एकभन्दा धेरै बच्चा भएमा मातापिता कानुनी झमेलाबाट बच्न यसरी बच्चा छाड्ने गरेका छन् । चीनमा यसरी बच्चा छाड्नेलाई ५ वर्ष कैदको कानुन छ ।
Facebook Comment