इटलीको राष्ट्रिय टिमबाट खेल्दै नेपाली फुटबल खेलाडी

डिसी नेपाल
२८ फागुन २०७६ १५:२८

काठमाडौं। युरोपमा फुटबल खेल्ने सपना हरेक फुटबलरको हुन्छ । फुटबलमा अब्बल मानिएका दक्षिण अमेरिकी देशहरु ब्राजिल, अर्जेन्टिना, उरुग्वे लगायतका देशका खेलाडीहरु पनि युरोपमैफुटबल खेल्छन् । दक्षिण अमेरिकाका स्टार खेलाडीहरु लियोनेल मेस्सी, नेयमार, लुइस सुआरेज, एडिसन कभानी, सर्जियो अगुएरो लगायत सयौं खेलाडीहरु युरोपमा व्यवसायिक फुटबल खेल्छन् । यस्तोमा नेपाली खेलाडीले युरोपमा अवसर पाउनु निकै ठूलो उपलब्धी मानिन्छ । एक नेपाली युवा भने अहिले युरोपमा व्यवसायिक फुटबल खेलिरहेका छन् । उनले ४ पटकको विश्वकप विजेता टोलीको राष्ट्रिय टिमको प्रतिनिधित्व गर्छन् ।

नेपाली युवा खेलाडी विकास मेराग्लिया इटलीको यु–१९ राष्ट्रिय टिमबाट फुटबल खेल्छन् । २१ नोभेम्बर २००२ मा काठमाडौंमा जन्मिएका विकासले १७ अक्टोबर २०१७ मा इटलीको उमेर समूह अन्तर्गतको राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । उनलाई प्रशिक्षक ड्यानियल जोराट्टोले इटलीको राष्ट्रिय टिमको जर्सीमा मैदानमा उतारेका थिए । ६ पटक विश्वकपको फाइनल खेरेर ४ पटकको विश्वकप विजेता र २ पटकको उपविजेता इटलीबाट खेल्ने उनी क्लव फुटबलमा इटलीकै क्लव एटलान्टामा छन् । १ जुलाइ २०१९ मा एटलान्टाबाट लोनमा भेनेजिया क्लवमा गएर खेलिरहेका विकासको लोन आगामी जुन ३० मा सकिनेछ र उनी पुनः एटलान्टा फर्किनेछन् ।

इटलियन मिडिया ला नुओभाका अनुसार उनलाई इटलीको बेलुनो परिवारले अभिभावकत्व लिएर इटली पुर्याएका थिए । पहिलो पटक फेल्त्रेसेको जर्सी लगाएर फुटबल करिअर सुरु गरेका विकासले अवसरको सदुपयोग गरेपछि उनी व्यवसायिक फुटबलमा स्थापित भएका हुन् । विकाससँग नेपाली र इटलियन दुवै पासपोर्ट छ । विकास ेन्ट्रल स्ट्राइकर हुन् जो सेकेण्ड स्ट्राइकरको रुपमा पनि खेल्न सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *