पुलिस फाइनलमा

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३(० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो। पुलिसको जितमा निर कुमार राईले दुई गोल गरे । यस्तै भरत शाहले एक गोल थपे ।
साविक विजेताविरुद्ध खेलको दशौँ मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो । दुवै गोल निर कुमारको नाममा रह्यो ।
खेलको ५१ औं मिनेटमा निरले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७२ औं मिनेटमा निरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाए ।
पुलिसका निर म्यान अफ दि म्याच चुनिए । अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
Facebook Comment