फ्रेन्च कपः पीएसजी र लियोनबीचको फाइनल खेल स्थगित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीच हुने फ्रेन्च लिग कप फुटबलको फाइनल खेल स्थगित भएको छ ।
विश्वब्यापी फैलिएको कोरोना भाईरसको कारण फ्रेन्च कपको फाइनल खेल स्थगित गरिएको हो । फाइनल खेल आगामी अप्रिल ४ मा तय भएको थियो ।
कोरोना भाईरसलाई मध्यनजर गर्दै फाइनल खेल बन्द रंगशालामा खेलाउने तयारी भएको थियो । तर, पीएसजी र लियोनले दर्शक बिना खेल्न नमानेपछि फाइनल खेल स्थगित गरिएको फ्रान्सेली मिडियाले जनाएको छ ।
फ्रान्सले पछिल्लो समय एक हजार बढी मानिसको जमघट गर्न प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया
Facebook Comment