कोरोनाको त्रासः एशिया–११ र विश्व–११ बीचको खेल स्थगित

डिसी नेपाल
२८ फागुन २०७६ २१:३९

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले खेल्ने भनिएको विश्व ११ र एशिया ११ विचको प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ । बंगलादेश क्रिकेट संघले आगामी मार्च २१ र २२ तारिखमा गर्ने भनिएको प्रतियोगिता अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ । सेइख मुजीबुर रहमानको जन्मदिनको अवसर पारेर बंगलादेश क्रिकेट संघले यो प्रतियोगिता गर्न लागेको थियो ।

ढाकामा हुने भनिएको प्रतियोगितामा एशिया ११ बाट विराट कोहली, लसिथ मालिंगा लगायतका खेलाडी खेल्ने तयारीमा थिए । यस्तै टिममा नेपाली खेलाडी सन्दिप लामिछाने पनि परेका थिए । तर बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसनले अर्को सुचना नआउँदासम्मका लागि स्थगित भएको बताए । यसका साथै बोर्डले एआर रहमानको सांगितीक कार्यक्रमपनि स्थगित गरेको छ । सेरे बांगला राष्ट्रिय रंगशालामा हुने सो कार्यक्रमका लागि बोर्डले तयारी अन्तिम चरणमा पुर्याएको थियो ।

बोर्डले अरु कार्यक्रम स्थगित भएपनि ढाका प्रिमियर लिग क्रिकेट भने तोकेको समयमा नै हुने बताएको छ । सो प्रतियोगितामा धेरै समर्थकको उपस्थिती नहुने भन्दै प्रतियोगिता गर्न लागेको हो । यसका साथै जिम्बावेसँगको टी २० सिरीजमा पनि बोर्डले टिकट बिक्रिमा रोक लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *