भारतमा पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु, विद्यालय बन्द, परीक्षा स्थगित

डिसी नेपाल
२९ फागुन २०७६ ७:०१

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट भारतमा पनि पहिलोपटक एक जनाको ज्यान गएको छ।

भारतको कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका ७६ वर्षीय वृद्धको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतको कर्नाटक राज्य सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी घोषणा गरेको छ।

यससँगै कर्नाटक राज्यमा सबै विद्यालय बन्द गरिएका छन् । भने विद्यार्थीको परीक्षा पनि सारिएको छ।

भारतमा बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ पुगेको छ ।

यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट १ लाख २६ हजार १ सय ३९ (१,२६,१३९) जना संक्रमित भएका छन् । जसको संक्रमणबाट ४ हजार ६ सय २७ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *