अमेरिकामा ८ जनाको मृत्यु, १० गम्भीर

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ८ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
२४ घण्टामा अमेरिकामा ३११ जना नयाँ संक्रमित फेला परेसँगै जम्मा संक्रमितको संख्या १ हजार ३ सय ५ जना पुगेको छ ।
जसमध्ये १० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको र १५ जना उपचार पछि घर फर्किएका छन् ।
प्रतिक्रिया
Facebook Comment