कोरोनाभाइरसः स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा

काठमाडौं। युभेन्टसका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो क्यारेन्टाइनमा बसेका छन् । उनी मेडेरियास्थित घरमा क्यारेन्टाइनमा बसेको इटलियन मिडियालाई उद्धृत गर्दै डेलिमेलले लेखेको छ । उनको टिम युभेन्टसका डिफेण्डर ड्यानियल रुगानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका हुन् । यी पोर्चुगिज स्टार हालै स्ट्रोकको सामना गरेर उपचाररत आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका थिए ।
त्यसपछि इटली फर्किएका रोनाल्डोले यही आइतबार इन्टर मिलानविरुद्धको खेलअघि रुगानीसँग एउटै ड्रेसिङ रुम प्रयोग गरेका थिए । अर्का खेलाडी मिरालेम जानिकले खेलपछि इन्स्टाग्राममा पोस्ट गरेको फोटोमा रोनाल्डो (सबैभन्दा बायाँ) र रुगानी (गोलो घेराभित्र) अन्य खेलाडीहरुसँग जीतको खुसी मनाउँदै गरेको देखिएका छन् ।
Facebook Comment