शेयर बजारमा उतारचढाव : ४६ अंकले घट्यो नेप्से

डिसी नेपाल
२९ फागुन २०७६ १६:०८

काठमाडौं। साताको अन्तिम दिन विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ अंकले घटेको छ । मंगलबार उच्च अंकले घटेर बुधबार बढेको बजार विहीबार पुनः घटेको हो ।

कोरोना भाइरसको त्रासका कारण आर्थिक मन्दी आउने अनुमान र अर्थमन्त्रीमा डा युवराज खतिवडाको पुनः नियुक्तीले पछिल्लो समयमा बजार अस्थिर हुँदै आएको छ ।

मंगलबार दुई पटक सर्किट ब्रेक लागेर बजार डेढ घण्टा अघि नै बन्द भएको थियो । ठिक विपरित बुधबार फेरी ७३ अंकले बजार उकालो लाग्यो । विहीबार पुनः ४५.९१ अंकले ओरालो लागेर नेप्से १३७७.१८ अंकमा अडिएको छ ।

विहीबार समूहगत परिसूचक पनि ओरालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा ३१७ अंकले घटेको छ। यसैगरी बैकिङ समूह ४०.४२, व्यापार १२.०४, होटल ९२.६७, विकास बैक ४६.६, जलविद्युत ३२.९१, फाइनान्स १५.३७, , उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बीमा २३७.३ र म्युचुअल फन्ड ०.१९ अंकले ओरालो लागेको छ ।

बजारमा १८२ कम्पनीको २ अर्व २० करोड बराबरको शेयर किनबेच भएको छ ।

विहीबारै व्यवस्थापिका संसदमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना त्रासका कारण बजारमा उतारचढाव आएको बताएका थिए । उनले यो अवस्था क्षणिक भएको समेत उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *