भारत र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय खेल रद्द

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ ।
धर्मशालामा वर्षाको कारण टस समेत नभई खेल रद्द भएको हो । लगातार वर्षा भएपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका छन् ।
दक्षिण अफ्रिका घरेलु टिमसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजका लागि भारतमा रहेका छन् । दुई टोलीबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।
प्रतिक्रिया
Facebook Comment