रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा, ला लिगा दुई साताका लागि स्थगित

डिसी नेपाल
२९ फागुन २०७६ १८:११

एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फुटबल खेलाडी कोरोना भाईरसको क्वारेन्टाइनमा बस्नु परेको छ ।

रियलको बास्केटबल खेलाडीमा कोरोनाको लक्षण पोजिटिभ देखिएपछि फुटबल खेलाडीहरु क्वारेन्टाइनमा बसेका हुन्। बास्केटबल खेलाडीमा गरिएको परिक्षणमा कोरोनाको भाईरस पोजिटिभ देखिएको थियो । बास्केटबल खेलाडी र फुटबल खेलाडीले एकै ट्रेनिङको सामग्रीहरु प्रयोग गर्ने भएको कारण उनीहरुलाई क्वारेन्टाइनमा पठाईएको हो ।

रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग खेल समेत रोकिने सम्भावना बढेको छ । रियलले इङ्लिस क्लबसंग आगामी मंगलबार दोस्रो लेग खेल खेल्नेछ ।

यस्तै ला लिगा दुई साताको लागि स्थगित भएको छ । कोरोनाले महामारीको रुप लिदै गएपछि ला लिगाले दुई चरणको खेल स्थगित गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *