कोरोना भाइरसः अहिलेको पुस्ताकै सबैभन्दा खराब स्वास्थ्य संकट : बेलायती प्रधानमन्त्री

डिसी नेपाल
३० फागुन २०७६ ८:०८

बीबीसी। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसलाई अहिलेको पुस्ता कै सबैभन्दा खराब स्वास्थ्य संकटको संज्ञा दिएका छन्।
प्रधानमन्त्री जोनसनले कोरोना भाइरसलाई फैलिनबाट रोक्ने तरिकामा परिवर्तन गर्ने घोषणासमेत गरेका छन्। साथै उनले कोरोनालाई रोक्न कडा कदम चाल्नु पर्ने समय आएको बताए।

बेलायतमा कोरोना भाइरसका कारण हालसम्म १० जनाको मृत्यु भइसकेको छ। उनले तत्काल स्कुल बन्द गर्नुपर्ने आवश्यकता नरहेको भन्दै सबै स्कुललाई आफ्नो विदेश भ्रमण रद्द गर्न सुझाव दिएका छन्। साथै ७० वर्ष भन्दा धेरै उमेरका नागरिकलाई जहाज नचढ्न आग्रह गरेका छन्।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण ५९६ जनामा देखिएको छ। यद्यपी सरकारको चीफ साइन्टिफिक एडभाइजर सर प्याट्रिक व्यालन्सले कोरोना भाइरस संक्रमिततको संख्या पाँच देखि हजारसम्म हुनसक्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *