कोरोना आतंक : नेदरल्याण्डमा हुन लागेको विश्व प्रेस स्वतन्त्रता सम्मेलन स्थगित
काठमाडौँ । संसारभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण नेदरल्याण्डमा हुन लागेको विश्व प्रेस स्वतन्त्रता सम्मेलन स्थगित भएको छ । आगामी अप्रिल २२ तारिखदेखि २४ सम्म नेदरल्याण्डको द हेगमा आयोजना गरिएको सम्मेलन कोरोनाले गर्दा स्थगित गरिएको हो ।
सम्मेलन युनेस्को र नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेका थिए । ‘जर्नालिज्म विथआउट फियर एण्ड फेवर’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सम्मेलनमा विश्वभरबाट पर्यवक्षक,प्रतिनिधि र पत्रकार गरेर करिब २५ सय जना सहभागी हुने अपेक्षा गरिएको थियो ।
हालका लागि स्थगित गरिएको सम्मेलन आगामी अक्टोबर १८ तारिखदेखि २० सम्म सोही ठाउँमा गरिने जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment