सुडान जाने शान्ति सैनिक एक महिना रोकिए
काठमाडौं। शान्ति मिसनमा जाने तयारीमा रहेको नेपाली सेनाको एउटा डफ्फा एक महिनाको लागि रोकिएको छ। दक्षिण सुडान जाने तयारीमा रहेको सेनाको गण कोरोनाको कारण रोकिएको हो।
शान्ति स्थापनार्थ दक्षिण सुडान जाने तयारीमा रहेको नेपाली सेनाको कालिध्वज गण विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण रोकिएको सेनाले जनाएको छ।
दक्षिण सुडानमा रहेको सेनाको देविदत्त गणले एक वर्षे कार्यकाल पुरा गरेकाले बद्लीमा कालिध्वज गणका ६ सय ९९ जना यही मार्चमा जाने तयारीमा थिए। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सुडान सरकारको आग्रहमा बद्लीको काम एक महिनाका लागि रोकिएको बताए।
सुडान सरकारले संयुक्त राष्ट्र संघमा एसियाका नेपाल, भारत, कम्बोडिया, दक्षिण कोरिया र पाकिस्तानका सेना तत्काल नपठाउन पत्रचार गरेको थियो। पत्राचारपछि यी देशका सेनाको सुडान जाने कार्यक्रम रोकिएको छ। बद्ली टोली नजाने भएपछि देविदत्त गण एक महिनाकालागि नेपाल फर्कने तालिका समेत रद्ध भएको सेनाले जनाएको छ।
Facebook Comment