सार्कका सरकारप्रमुखलाई कोरोनाविरुद्ध रणनीति बनाउन भारतीय प्रधानमन्त्रीले छलफलमा बोलाए
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकारप्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न आह्वान गरेका छन् । उनले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गेका हुन् ।
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.
We could discuss, via video conferencing, ways to keep our citizens healthy.
Together, we can set an example to the world, and contribute to a healthier planet.
— Narendra Modi (@narendramodi) March 13, 2020
मोदीले लेखेका छन् ‘म सार्क राष्ट्रका नेतृत्वलाई कोरोनाभाइरसविरुद्ध लड्न बलियो रणनीति बनाउनको लागि प्रस्ताव गर्दछु । हामी हाम्रा नागरिकलाई स्वस्थ बनाउन बाटो खोज्न भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौं । हामीले सामूहिक रुपमा विश्वको लागि उदाहरण स्थापित गर्न सक्छौं र स्वस्थ पृथ्वीको लागि योगदान गर्न सक्छौं ।’
Facebook Comment