कोरोनाभाइरसको प्रकोप बढेपछि आइपिएल पछि सर्‍यो

डिसी नेपाल
३० फागुन २०७६ १५:१३

काठमाडौं। इण्डियन प्रिमयर लिग पछि सरेको छ । यसअघि मार्च २९ मा सुरु हुने निर्धारण गरिएको आइपिएल अप्रिल १५ का लागि सरेको छ । बीसीसीआइका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह र आइपिएल गभर्निङ काउन्सिलका उच्च अधिकारीहरुको छलफलपछि यस्तो निर्णय गरिएको हो ।

आइपिएल गभर्निङ काउन्सिलले सबै ८ फ्रेन्चाइजलाई यसको जानकारी पठाइसकेको छ । यस विषयमा थप छलफलका लागि आठवटै फ्रेन्चाइजका मालिकहरुसँग भोलि शनिबार मुम्बइका छलफल गरिनेछ । अब आइपिएल पनि कोरोनाभाइरस प्रभावित ठूला खेल इभेन्टहरु युइएफए च्याम्पियन्स लिग, एनबीए र एटिपीसँग मिसिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *