अमेरिकामा हुने विश्व किक्रेट लिग २ को खेल स्थगित

काठमाडौं । अमेरिकाको फ्लोरिडामा १ अप्रिल देखि सुरु हुने आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गतको छैटौं चरणको खेलहरु कोरोनाभाइरस को प्रकोपको कारण स्थगित भएको छ। आयोजक संयुक्त राज्य अमेरिका, स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्सको सहभागिता रहेको त्रिकोणत्मक एकदिवसीय सिरीज १ अप्रिल देखि ८ सम्म ब्रोवार्ड काउन्टी स्टेडियममा हुने तय भएको थियो ।
द्रुत गतिमा संसार भरि फैलिरहेको कोरोना भाईरसको संक्रमणको कारणले गर्दा उक्त श्रंखला पछाडि सारिएको आईसीसीले जनाएको छ । घटनाको बारेमा आईसीसी हेड, क्रिस टेटलेले भने हामी विश्वभरी तिब्र गतिमा फैलिरहेको कोरोना भाईरसको कारणले गर्दा युएसए क्रिकेट, क्रिकेट स्कटल्यान्ड र एमिरेट्स क्रिकेट बोर्डसँग छलफल गरेर यो श्रंखला स्थगित गर्न बाध्य भएका छौ , यो श्रंखला अहिले तत्कालको लागी स्थगित गरिएको छ उचित समय हेरेर यो श्रंखला पूनः गराउने छौ ।
आइसिसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो। लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी छन् । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् ।
बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।
विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।
Facebook Comment