प्रधानमन्त्री ओलीले गरे भारतीय प्रधानमन्त्रीको प्रस्तावको स्वागत
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न गरेको आह्वानको स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपाल सरकार यो प्राणघातक रोगबाट नागरिकलाई बचाउन सार्कका मित्रराष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको जानकारी दिएका छन् ।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— KP Sharma Oli (@PM_Nepal) March 13, 2020
यसअघि भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गरेका थिए । मोदीले लेखेका छन् ‘म सार्क राष्ट्रका नेतृत्वलाई कोरोनाभाइरसविरुद्ध लड्न बलियो रणनीति बनाउनको लागि प्रस्ताव गर्दछु । हामी हाम्रा नागरिकलाई स्वस्थ बनाउन बाटो खोज्न भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौं । हामीले सामूहिक रुपमा विश्वको लागि उदाहरण स्थापित गर्न सक्छौं र स्वस्थ पृथ्वीको लागि योगदान गर्न सक्छौं ।’
Facebook Comment