युभेन्ट्सका खेलाडी डिबालालाई कोरोना संक्रमण

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इटालियन मिडियाले डिबालालाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै डिबाला अहिले आँफै आइसोलेसनमा बसेको समेत दाबी गरेको छ । कोरोनाको संक्रमण देखिने डिबाला युभेन्ट्सका दोस्रो खेलाडी हुन् । यस अघि डिफेन्डर डानिली रुगानीलाई संक्रमण देखिएको थियो ।
पछिल्लो समय कोरोनाको कारण अर्का स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि आइसोलेसनमा बसेका थिए । तर, उनलाई कोरोनाको संक्रमण देखिएको थिएन । क्लबका केहि खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि क्लबसँग आबद्द भएका १ सय २१ जना अहिले आइसोलेसनमा रहेको युभेन्ट्सले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment