आफैँले चलाएको बन्दुक आफैलाई लागेपछि…

दुल्लु। दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैले चलाएको बन्दुक लागेर घाइते भएका छन् ।
बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् । शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए। स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पुर्याएका थिए । थप उपचारका लागि उनई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ । रासस
प्रतिक्रिया
Facebook Comment