प्रिमियर लिग स्थगित

डिसी नेपाल
३० फागुन २०७६ २०:२५

एजेन्सी । कोरोना भाईरसको प्रभाव ईङलिस फुटबल समेत प्रभावित बनेको छ । प्रिमियर लिगले शीर्ष डिभिजनको ईङ्लिस क्लब फुटबल कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

प्रिमियर लिगका सबै खेल, ईएफएल च्याम्पियनसिपको खेल र तालिका, वुमन सुपर लिग र वुमन च्याम्पियनसिप कम्तिमा एक महिनाका लागि स्थगित गरिएको हो । परिस्थिती र चिकित्सकको सल्लाहाका आधारमा अप्रिल ४ सम्मका लागि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ ।

ईङ्लिस फुटबल संघले मार्च २७ मा डेनमार्कबिरुद्व हुने खेल समेत बन्द गर्ने जनाएको छ । युरोपभरीनै फुटबल गतिविधि बन्द गर्ने निर्णयसंगै प्रिमियर लिग समेत बन्द हुने भएको हो ।

बिहिबार आर्सनलका प्रशिक्षक मिकेल अर्टिटा र चेल्सी फरवार्ड कालुम हुडसन ओडोईलाई कोरोनाका संक्रमण देखिएको थियो । यस्तै एभर्टन टिमका खेलाडीमा समेत संक्रमणको लक्षण देखिएको छ ।

प्रिमियर लिगका कार्यकारी अधिकृतले भनेका छन्, यस अप्रिय स्थितीमा हामी आफ्ना क्लब, सरकार, एफए र ईएफएलका संग मिलेर काम गरिरहेका छौ । हामी आश्वस्त गर्न चाहन्छौ कि खेलाडी, कर्मचारी र समर्थकका स्वास्थ्य हाम्रो प्राथमिकता हो ।

यस हप्ता आर्सनल सहित, चेल्सी, लेस्टर सिटी, वर्नेमाउथ, म्यान्चेष्टर सिटी, युभेन्ट्स र रियल मड्रिडका खेलाडी छुट्टै उपचार प्रक्रियामा सामेल भएका छन् । कोरोना भाईरसका कारण बेलायतमा हालसम्म १० जनाको ज्यान गएको छ भने ५ सय ९६ मा संक्रमण देखिएको छ ।

लिग वान समेत बन्द

फ्रान्सको शीर्ष दुई लिग समेत अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना संक्रमणको कारण देखाउँदै लिग वान र लिग टु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

लिग डी फुटबल प्रोफेसनले सामुहित हितलाई ध्यानमा राखेर अर्को सुचना जारी नभएसम्मका लागि घरेलु लिग स्थगित गरिएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *