आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? यस्तो छ २० देशको सूची
काठमाडौं । आज चैत १ गते शनिबार, प्राय धेरै देशको विनिमयदर स्थिर र कमजोर देखिएको छ। साताको पहिलो दिन आइतबारबाट निरन्तरजसो उकालो लागेको विदेशी मुद्राको भाउ आज पनि घटेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ५८ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ४७ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ३८ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय १४ रुपैयाँ ८ पैसा रहेको छ।
Facebook Comment