प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौं। मृगौलाको प्रत्यारोपणपछि अस्पतालबाट फर्किएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड कुनै विशेष विषयमा छलफल गर्न भन्दा पनि आज प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन बालुवाटार पुगेको नेकपा सचिवालयले जानकारी दिएको छ ।
अध्यक्ष प्रचण्डले प्रम ओलीलाई मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए । उनले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । ६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट सरकारी निवास बालुवाटार फर्केका छन्। उनी फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।
Facebook Comment