कोरोनाभाइरसग्रस्त इटलीका नागरिक बाल्कोनीमा उत्रिएर भने – ‘कहिल्यै हार नमान्नू’
काठमाडौं। बढ्दो कोरोनाभाइरसको प्रकोपका बीच कोरोनाभाइरसले अत्याधिक प्रभावित पारेको देश इटलीका नागरिकले एकताको सन्देश दिएका छन् । अहिले इटली पूरै लकडाउन छ । इलीका नागरिक आ–आफ्ना घरमा कैद छन् तर उनीहरुले विश्वलाई एकताको सन्देश दिन छाडेका छैनन् । उनीहरु आफ्नो घरको बाल्कोनीमा निस्किउर एकताको गीत गाइरहेका छन् ताकि विश्वभरका मानिसहरुको हिम्मत कम नहोस् । गीत गाउँदै उनीहरु भनिरहेका छन् ‘डोन्ट गिभ अप’ अर्थात हार नमान्नु ।
इटलीमा कोरोनाभाइरस डढेलोझैं फैलिएको छ र यसका कारण अहिलेसम्म १ हजार २६६ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेहरुको संख्यामा लगातार वृद्धि भइरहेको छ र बितेको २४ घण्टामा मात्र यहाँ २५० जनाको ज्यान गएको छ । यहाँका नागरिक आ–आफ्ना घरमा कैद छन् । इटलीका प्रधानमन्त्रीले कम्तीमा १ करोड ६० लाख नागरिकलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताएका छन् । बढिरहेको प्रकोपका कारण यहाँका नागरिक त्रसित छन् ।
पछिल्लो समय यहाँका नागरिकले बाल्कोनीबाट गीत गाएर एकताको सन्देश दिएका भिडियोहरु सामाजिक संजालमा भाइरल भएका छन् । उनीहरु बाल्कोनीबाट संगीत बजाएर एक अर्काको उत्साह बढाइरहेका छन् ।
Facebook Comment