कोरोनाका कारण साताभर सुनको मुल्यमा भारी उतार-चढाब
काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिन १९) को प्रभावले अन्तराष्ट्रिय बजारमा आर्थिक मन्दी सुरु भएको छ ।
दिन प्रतिदिन शेयर बजारमा भारी गिरावट आएको छ भने पछिल्ला दिनमा सुनको मूल्यमा पनि निकै उतार–चढाब देखिएको छ।
साताको पहिलो दिन आइतबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा दुई सय रुपैयाँ (२००) बढेर ऐतिहाँसिक उच्च रेकर्ड नै बनायो । जुन दिन सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर, मंगलबारबाट भने सुनको मूल्यमा भारी गिरावट आएको छ।
साताको तेस्रो दिन मंगलबार प्रतितोला चार सय (४००) रुपैयाँ र बिहीबार आठ सय (८००) रुपैयाँ घटेको सुन शुक्रबार एकै दिन तोलामा तीन हजार (३,०००) रुपैयाँले घटेको हो । तीन हजार रुपैयाँ घटेसँगै साताको अन्तिम दिन शुक्रबार भने सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भयो ।
यसरी हेर्दा यो साता सुन तोलामा चार हजार दुई सय (४,२००) रुपैयाँ घटेको छ ।
सुन चाँदीको साप्ताहिक मूल्य सूची
पछिल्ला दिनमा विश्वभर कारोनाको त्रास र डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले सुनको मूल्यमा भारी गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासँंघले जनाएको छ।
त्यस्तै यो साता चाँदीको भाउ पनि निकै खस्किएको छ । साताको पहिलो दिन चाँदी (आइतबार) प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो । तर शुक्रबार सम्म आइपुग्दा चाँदीको मूल्यमा ७० रुपैयाँ गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको भएको छ।
Facebook Comment