प्रचण्ड-ओली भेटः प्रचण्डद्वारा समसामयिक राजनीतिका बारेमा ‘बिफ्रिङ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले शनिबार अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।
सो क्रममा अध्यक्ष दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिएका थिए ।
भेटमा उनले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
सो क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरी शुक्रबार ‘डिस्चार्ज’ भएका थिए । रासस
Facebook Comment