इटलीमा घट्यो, इरान र चीनमा फेरि बढ्यो कोरोना प्रकोप, विश्वभर १ लाख ५६ हजारबढी संक्रमित

डिसी नेपाल
२ चैत २०७६ ८:०२

काठमाडौँ । इटलीमा कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घटेको छ । शुक्रबार एकै दिन २५० जनाको ज्यान गएकोमा शनिबार भने घटेर १७५ मा झरेको छ ।

यो सँगै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ४१ (१,४११) पुगेको छ । शनिबार मात्रै इटलीमा ३ हजार ४ सय ९७ जना नयाँ संक्रमित फेला परेका छन् । यो संँगै इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार १ सय ५७ (२१,१५७) पुगेको छ।

यससँगै इटललीमा १ हजार ९ सय ६६ जना उपचारपछि घर फर्किएका छन् । १ हजार ५ सय १८ जना (१,५१८) को गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनमा फेरी १० जनाको मृत्यु

कोरोना भाइरसको उद्गम स्थलको रुपमा चिनिएको चीनमा शुक्रबार कसैले पनि ज्यान गुमाउनु परेन । तर शनिबार भने पुनः कोरोनाकै कारण १० जनाको ज्यान गएको चाइना डेलीले जनाएको छ।

हालसम्म ८० हजार ८ सय २४ जना संक्रमित भएको चीनमा ३ हजार १ सय (३,१९९) जनाको ज्यान गएको छ। जसमध्य ६६ हजार ९ सय ११ जना उपचारपछि घर फर्किएका छन् । ३ हजार ६ सय १० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

इरानमा झन् बढ्यो संक्रमण र मृत्युदर

यस्तै इरानमा पनि कोरोनाको महामारी देखिएको छ । शुक्रबार ८५ जनाले ज्यान गुमाएको इरानमा पछिल्लो २४ घण्टामा मात्रै इरानमा ९७ जनाको ज्यान गएको छ। यो सँगै इरानमा ज्यान गुमाउनेको संख्या ६११ पुगेको छ ।

शनिबार १ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएसँगै इरानमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय २९ पुगेको छ ।

यस्तै शनिबार स्पेनमा ६३ जना, दक्षिण कोरियामा ८, फ्रान्समा १२, यूकेमा १०, अमेरिकामा ८ र फिलिपिन्समा ३ जनाको ज्यान गएको छ। अन्य देशको कोरोनाको अपडेट विवरण तलको तालिकामा उल्लेख छ ।

विश्वभर १५१ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट आइतबार बिहानसम्म एक लाख ५६ हजार ५ सय ३३ जना (१,५६,५३३) संक्रमित भएका छन्। शनिबार मात्रै ११ हजार ५१ जना नयाँ संक्रमित फेला परेका छन् ।

यससँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३५ पुगेको छ । शनिबार मात्रै ४०६ जनाको ज्यान गएको थियो ।

यस्तो छ १५१ देशको सूची (कोरोना अपडेट)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *