त्रिवुभवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अचानक गाडी छिरेपछि …

डिसी नेपाल
२ चैत २०७६ ८:२८

काठमाडौं। गत हप्ता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिवुभव अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज अवतरण गर्दैगर्दा एउटा गाडी रनवे तिर हुँक्कियो।

सुरुमा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलै दुर्घटनाको भएको अनुमान गर्दै विमानस्थलका कर्मचारीदेखि सुरक्षा निकाय सतर्क भए। अन्तर्राष्ट्रिय जहाज अवतरण गर्दा गर्दै यसरी एकाएक निजी सवारी रनवेतर्फ गएपछि सुरक्षा निकाय तथा विमास्थल व्यवस्थापन तनावमा परे।
यस्तो रहेछ घटना

यतिबेला विमानस्थलको पारिपट्टी अर्को रनवे थप्ने काम भइरहेको छ। उक्त रनवे थप्ने कामको ठेक्का पाएका ठेकेदार आफैं उपस्थित भएर काम गराइरहेका छन्।

ठेकेदारका चालकलाई विमानस्थलभित्रको रनवेमा कसरी र कस्तो अवस्थामा जाने भनेर तालिम दिएर पास उपलब्ध गराइएको थियो। ठेकेदारका चालकलाई विमानस्थलको रनवे भित्र कसरी र कस्तो अवस्थामा जाने भनेर नागरिक उड्यान प्राधिकरण अन्र्तगतको इन्जिनियरिङ विभागले पास उपलब्ध गराएको थियो।

विमानस्थलभित्रको रनवेमा कसरी र कतिबेला प्रवेश गर्ने भन्ने सामान्य तालिम दिएपनि उनलाई दैनिक कसरी प्रवेश गर्ने भन्ने विषयमा तालिम नदिइएका कारण अन्तर्राष्ट्रिय विमान अवतरण गर्दैगर्दा उनी सवारी लिएर रनवेमा प्रवेश गरेका रहेछन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा चरम लापरवाही गरेको भन्दै ठेकेदारका चालकलाई त्यही दिन कामबाट हटाइएको छ। साथै नागरिक उड्यान प्राधिकरणले इन्जिनियरिङ विभागका जिम्मेवार पदाधिकारीलाई स्पष्टिकरणसमेत सोधेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर लापरवाही गरेको भन्दै किन कारवाही नगर्ने भनेर स्पष्टिकरण सोधिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हेलचेक्र्याँइ गरेको भन्दै दोषीमाथि कारवाही हुने डिसी नेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *